नियम १३
मुद्दा दायर गर्ने
(१) यस नियमावली बमोजिम नमूना लिइएको दाना पदार्थ
विश्लेषण वा परीक्षण गरिंदा दुषित ठहरिएमा दाना जाँचकीले ऐन बमोजिमको
स्पष्ट अभियोग र तत्सम्बन्धी सम्पूर्ण विवरण खोली मुद्दा हेर्ने अधिकारी समक्ष
प्रस्तुत गर्नु पर्नेछ ।
(२) ऐन तथा यस नियमावली उल्लंघन गरे वापत कुनै व्यक्ति, फर्म
वा संगठित संस्था उपरको कानूनी कारवाईमा मुद्दा हेर्ने अधिकारी र
पुनरावेदन सुुन्ने अदालतलाई सहयोग गर्नु सम्बन्धित दाना जाँचकीको कर्तव्य
हुनेछ ।